श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ८ गते आइतबार, २३ जुन २०१९ । आषाढ कृष्णपक्षको षष्ठी तिथि २१ः३१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र शतभिषा २२ः३७ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सूचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा तत्जन्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । घरपरिवारमा नयाँ कार्य होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अम्दानीको नयाँ स्रोत पत्ता लाग्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलोसँग दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।