देउराली । प्रदेश सरकाले पूर्वकै पर्यटकीय सहर धरानलाई ‘पर्यटन पालिका’ घोषणा गर्ने भएको छ । प्रदेश नम्बर १ ले आर्थिक वर्ष २०७६/७७ को बजेटमा धरानलाई ‘पर्यटकीय पालिका’ घोषणा गर्न एक करोड बजेट सेमत बिनियोजन गरेको छ ।

नयाँ आर्थिक वर्षका लागि गरेको बजेट बिनियोजनमा प्रदेश एककै अत्याधिक पर्यटकीक सम्भावना रहेको धरान उपमहानगरपालिकालाई पर्यटकीय पालिका घोषणा गर्दै सो वजेट विनियोजन गरेको हो । संघीय सरकारले सूचीकृत गरेको मुलुकका सय गन्तव्यमा धरानलाई पनि सूचिकृत गरेको थियो ।

के के छन् धरानमा

धरानमा ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहेको विजयपुर गढी र त्यस भित्र रहेको किरात सभ्यताको प्रतिनिधित्ब गर्ने किरात राज्यकालको भतभुङ्गे दरबार रहेका छन् । धार्मीक गन्तव्यको रुपमा पिण्डेश्वरी बाबा धाम, दन्तकाली, बुढासुब्बा, पञ्चकन्याँ मन्दिर, विष्युापादुका, शनिमन्दिरलगायत स्थलहरु रहेका छन् ।

पछिल्लो समयमा धरानमा स्थानीय निकाय तथा स्थानिय स्तरबाट धरानमा रहेका थप पर्यटकीय सम्भावनाको पहिचान गरिरहेको छ । धरान उपमहानगरले पनि पर्यटन प्रर्वधनका लागि नयाँ कार्यक्रमहरु ल्याएको छ ।