धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार देश व्यापी रुपमा गरेको रक्तदानमा एक हजार १२ पिण्ट रगत संकलन गरेको छ । संगठनले ४० औं स्थापना दिवसको अबसर पारेर सोमबार उसका शाखाहरुमा रक्तदान कार्यक्रम गरेको थियो ।
सबैभन्दा धेरै १ नम्बर प्रदेश कमिटीले ३ सय ४४ पिन्ट संकलन गरेको छ । ,२ नम्बर प्रदेशले ५० पिन्ट, ३ नम्बर प्रदेश कमिटीले २ सय ९९ पिन्ट, गण्डकी प्रदेशले ९२ पिन्ट, ५ नम्बर प्रदेशले १ सय ४४ पिन्ट र सुदुरपश्चिम प्रदेशले ८३ पिन्ट रक्तदान गरेको संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए । देशभरमा २२ स्थानमा रक्तदान भएको थियो । काठमाडौंमा भएको कार्यक्रमको नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले उद्घाटन गरेका थिए । ७ सयलाई स्वास्थय परिक्षण पनि गरिएको अध्यक्ष राईले जानकारी दिए । साप्तह व्यापी गरिएको कार्यक्रममा ७ गते ६० बषै काटेका चालकहरुलाई सम्मान समेत गरेको थियो ।

madhab nepal
सम्भवत यो सबै भन्दा बढि रगत संकलन गर्नेमा तेश्रो हो । यस अघि चितवनको कालिका एफएमले पहिलो र धरानको बराह ज्वयलरीले दोश्रो स्थान बनाएको थियो ।
यातायत मजदुरको मिडियामा कहिल्यै सकरात्क समाचार आउदैंन । सकरात्मक ुमाचारका लागि आफै सकरात्मक काम गर्नु पर्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताएका छन् । असार ७ गते देशभरका ५१ स्थानमा सरसफाई कार्यक्रम गरिएको थियो । गाडी कुदाउने चालक, गाडीमा काम गर्ने मजदुर हातमा कुचोलिएर सफाईमा उत्रिएका थिए ।