भद्रपुर/झापाको भद्रपुर नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ ।

भवनको माथिल्लो तलामा जाने भ¥याङको दक्षिण भागमा झोलामा राखिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि सुरक्षा निकायलगायतको टोलीले उक्त क्षेत्र शिल गरेको छ ।

शङ्कास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली आउँदै गरेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।