श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ १० गते मङ्गलबार, २५ जुन २०१९ । आषाढ कृष्णपक्षको अष्टमी तिथि २३ः२८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरभाद्रपदा २२ः३७ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीर अस्वस्थ रहला । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ते अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । लाभदायी यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । रमणीय स्थानको भ्रमण होला ।