धरान / पर्यटकीय हव धरान सुन्दर छ । तर धरान प्रवेशद्वारदेखि जिरो पोइटसम्मको सडक भने गरिवको फाटेको टोपी जस्तो छ । झन अत्याधिक भीड हुने भानुचोक मै ठूला खाल्डा परेर सडक असजिलो भएको छ । धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारी पनि घरबाट कार्यालय ओहोरदोहोर गनै बाटो त्यही हो । तर उक्त बाटोमा गिटी बालुवा हाल्न ध्यान उनको कहिल्यै पुगेन ।
सडक विभागको काम भन्दैं स्थानीय सरकार पन्छिदैं आउदा आफ्नो शहर कुरुप भएको जनप्रतिनीधिहरुले भेउ पाएनन् ।
लामो समयदेखि बाटो विग्रिए पनि बनाउन कसैले चासो नदिए पछि  जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं इन्स्पवेक्टर होमराज दाहालको सकृयतामा स्थानीयले सडकको खाल्डा पुरिएको छ । खाल्डो पुर्न धरान १३ का घनश्याम तिवारीले ३ बोरा सिमेन्ट सहयोग गरे। वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बूले गिटी बालुवा सहयोग गरेका थिए । धरान बसपार्क व्यवस्थापन समितिले ६ बोरा सिमेन्ट, धरान १७, रेल्वेका राजु बोगटी र सिटी सफारी चालक विष्णु कार्कीसहितको सहयोगमा खाल्डो पुररिएको छ । अाज खाल्डो पुरिएको हो ।