मदनबाबु प्रसाई

उर्लाबारी÷नेपाल कम्युनिष्ट पार्टी निकट धिमाल समुदायहरुको संगठन नेपाल गणतान्त्रिक धिमाल संघले तत्कालीन नेकपा एमाले र नेकपा(माओवादी) एकिकरण पछिको समायोजनमा धिमाल समुदायलाई उपेक्षा गरिएको भन्दैं आपती जनाएको छ ।

सो संगठनका अध्यक्ष पर्तमान धिमाल र महासचिब तारीलाल धिमाल(प्रवेश) ले मंगलबार संयुक्त रुपमा बिज्ञप्ती जारी गरि एक बर्ष अघि दुई पार्टी बिच एकता भएता पनि केन्द्र, प्रदेश, जिल्ला, तथा स्थानिय तहमा एकता हुदा धिमाल समुदायलाई कुनै स्थान नदिएको उल्लेख गरिएको छ ।

‘नव नेपाल निर्माण गर्ने अभियानमा २००७ सालको राणा बिरोधी आन्दोलनदेखि ०६२÷०६३ को गणतान्त्रिक आन्दोलनसम्म धिमाल समुदायको प्रत्यक्ष सहभागीतासगै सुनिल धिमाल र रंगलाल धिमालले वलीदानी दिएको पार्टी पंक्तिलाई अवगत हुदाहुदैं पनि समायोजनमा धिमाल समुदायलाई उपेक्षा गरीनुले पार्टी प्रति कार्यकर्ताको उत्साह कम हुदैं गएको छ ।’–बिज्ञप्तीमा उल्लेख भनिएको छ । गरीएको छ ।
संगठनका सचिब अमरबहादुर धिमालले धिमाल समुदायका मागहरुलाई संवोधन नगरिएमा आन्तिरिक रुपमा दुई लाईन संघर्ष तथा पार्टीका कार्यक्रमहरु बहिष्कारसम्म गर्न सकिने तयारी भईरहेको बताए ।