धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी / एमएस स्नाकोत्तर कार्यक्रमको २६ वटा सिट विदेशी विद्यार्थीका लागि छुट्याएको छ ।
डेल्टल बाहेकको सिट संख्या १२३ मा २६ वटा विदेशी विद्यार्थीका लागि छुट्याएको हो । कुल सिट संस्था १५० मा डेन्टल विभागमा २७ जना नेपाली विद्यार्थीको लागि कोटा छुट्याएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार नेपाल मेडिकल काउन्स्लिबाट स्वीकृत भएको सीटलाई विभिन्न क्याटेगोरीमा शैक्षिक सत्र सुन २०१५ देखि नै पालना गदैं प्रवेश परीक्षा समिति र कार्यकारिणी समितिको निर्णय अनुसार सीट विभाजन गरि प्रवेश परीक्षाको नजिता निकालिएको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन परिच्छेद ६ दफा १७ उपदफा ५ मा स्नातक तथा स्नाकोत्तर तहका लागि तोकिएको कुल सिट संख्या मध्य विदेशी विद्यार्थीहरुको संख्या एक तिहाई भन्दा बढी हुने छैन’ भन्ने प्रावधान बमोजिम प्रतिष्ठानले अझ कम सिट छ्ट्याएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले बताए ।

bp
नियम अनुसार ४१ जनाले विदेशी कोटाबाट पढ्न पाउने हो तर नेपाली विद्यार्थीहरुको सूविधालाई ध्यानमा राखेर यस बर्ष २६ जनाको मात्र सिट छुट्याइएको उपकुलपति रौनियारले बताए । गत शैक्षिक शत्रमा २८ जनाले पाएका थिए ।
प्रतिष्ठानमा डिएम÷एमएचमा सिट संख्या बढ्दा एमडी÷एमएचमा केही संख्या घटेको प्रतिष्ठानले जनाएको छ । तर डिएम÷एमएचमा ८ वटा नेपाली विद्यार्थीका लागि सिट बढेको प्रतिष्ठानले जनाएको छ । नेपाली विद्यार्थीहरुको गत बर्ष भन्दा नेपाली विद्यार्थीहरुको सिट संस्था बढाइएको र चिकित्सा शिक्षा ऐनको पूर्ण परिपालन गरि नियमानुसार सिट निर्धारण गरिएको परीक्षा डिन प्राडा श्यामकुमार थापाले जानकारी दिए ।

विदेशी विद्यार्थीलाई २६ सिट


जम्मा ३६ वटा विभागमा स्पोन्सर कोटामा नेपाली विद्यार्थीका लागि ४९ जनाका लागि सिट छुट्याइएको छ । ७५ जना खुल्लाबाट नेपाली विद्यार्थीका लागि सिट निर्धारण गरिएको छ । सर्जरीको ६ वटाच कोटामा ४ जना विदेशीका लागि परेको छ । मेडिसिनको वटा कोटामा ३ जना विदेशी, अर्थोपेडिकमा ११ वटा कोटामा नेपालीलाई ९ वटा निर्धारण गरिएको छ । विदेशीका लागि फार्मकोलोजी १, एनेस्थेसिया ४, डर्माटोलोजी २, ग्याइनाकोलोजी २, इन्र्टनल मेडिसिन ३, अर्थोपेडिक २, हेड एण्ड नेक सर्जरी २, पेडिएट्रिक ३, रेडियोलोजी १, सर्जरी र अन्य दुइै गरेर २६ वटा सिट विदेशीलाई छुट्याइएको छ ।

प्रतिष्ठानको बाध्यता
विदेशीको हकमा प्रतिष्ठानमा अध्ययन गर्न आउने भनेको भारतीय विद्यार्थीहरु मात्र हुन । प्रतिष्ठान संचालनमा भारतको सहयोग रहेकाले उसका लागि सिट छुट्याउनु पर्ने प्रतिष्ठानलाई बाध्यता रहदैं आएको छ ।

विदेशी विद्यार्थीबाट बढि आम्दानी
विदेशी विद्यार्थीहरुले यहाँ अध्ययन गर्दाप्रति विद्यार्थी ढेड करोड आम्दानी हुन्छ । नेपाली विद्यार्थीहरुका लागि सरकारले प्रति विद्यार्थी २२ लाख अनुदान दिने गरेको प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साहले बताए । नेपाली विद्यार्थी ६९ प्रतिशतले छात्रावृति पाउने गरेको उनले बताए । अध्ययन गदैं गर्दा प्रतिष्ठानमा सेवा दिए वापत प्रति विद्यार्थी ३५ हजार प्रतिष्ठानले उनीहरुलाई पे गर्ने गरेको छ । प्रतिष्ठानकाे खर्च धान्नका लागि पनि विदेशी विद्यार्थी भर्ना लिनु पर्ने बाध्यता रहेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।

सिट कटौतीको विरोध
यता मेडिसिन, सर्जरी र पेडियाट्रिक विभागको नेपाली विद्यार्थीहरुको सिट कटौती गरेको भन्दैं विद्यार्थीहरुले विरोध जनाउदैं आएका छन् । महत्वपूर्ण विभागमा भारतीयलाई बढि सिट निर्धारण गरेको भन्दैं विरोध भएको हो ।
वीपी प्रतिष्ठान अटोनमस संस्था हो । सरकारको केही अनुदानमा यहाँका सबै शैक्षिक तथा स्वस्थ्य कार्यक्रमहरु प्रतिष्ठानले आफै धान्दैं आएको छ ।

bp_ kota