मोरङ / विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६÷०७७ का लागि ५ अर्ब १२ करोडको बजेट आज सार्वजनिक गरेको छ ।

मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमसहित ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका थिए । बजेटमा आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार छ । बाँकी केन्द्र र प्रदेशबाट आएका बजेट समेटिएको छ ।

महानगरको बजेटमा ६४ करोड ९२ लाख ७ हजार प्रशासनिक खर्चका लागि छुट्याइएको छ ।