इटहरी   इटहरी उपमहानगरको पाँचौ नगरसभामा आर्थिक बर्ष २०७६÷२०७७ का लागि १ अर्व ८५ करोड ५० लाखको वजेट प्रस्तुत गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले प्रस्तुत गरिन । वजेटमा चालु तर्फ ७९ करोड ४ लाख५५ हजार,पूँजीगत तर्फ १ अर्व ५ करोड,७५लाख ५४ हजार र वित्तीय ब्यवस्था तर्फ ७० लाख रहने अनुमान गरिएको छ ।
वजेटमा भौतिक पूर्वाधार विकास,स्वास्थ्य, शिक्षा, कृषि, उद्योग ब्यापार,पर्यटन, खेलुकद र सामाजिक विकासमा प्राथमिकता रहेको छ । चालु आर्थिक बर्षमा ७ सय योजना सडक निर्माणको भएकोमा आगामी आर्थिक बर्षसमेत वडास्तरीय र नगरस्तरीय सडक निर्माणमा जोड दिइएको छ । वाहय चक्रपथ निर्माण प्रक्रिया थालिने भएको छ ।
भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिइएको छ । मेयरको संयोजकत्वमा सुशासन प्रर्वधन तथा उपमेयरको संयोजकत्वमा सुशासन अनुगमन समिति गठन गरिने छ ।
इटहरीमा पत्रकार महासंघको सहकार्यमा सञ्चारग्राम निर्माण कार्य प्रारम्भ गरिने, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिइने, पत्रकारिता विकास कार्यक्रम सञ्चालन गरिने,प त्रकार सम्मान कार्यक्रम गरिने वजेटमा उल्लेख छ ।