श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ११ गते बुधबार, २६ जुन २०१९ । आषाढ कृष्णपक्षको नवमी तिथि २३ः२८ बजेसम्म,उप्रान्त दशमी, नक्षत्र रेवती २२ः३७ बजेसम्म, चन्द्रमाराशि मीन, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यको आयोजना होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक कामको झञ्झट आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला । बोलीमा बडो विचार पु¥याउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । घरपरिवारबाट छुट्टिएर बस्नु पर्ला । अरूको काममा बढी समय दिनुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रोछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म कर्म तथा समाजसेवामा मन लाग्ने छ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक कार्यक्रममा रुचि बढ्नेछ । राजनैतिक क्षेत्रमा तपाईंंको उच्च स्थान रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा सक्रिय भइएला । आम्दानीका नया“ श्रोतहरू पत्ता लाग्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । कार्य–सम्पादनमा केही समस्या आइपर्नसक्छ ।विश्वासपात्रबाट धोका हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।