बलिउड अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर –३’ की प्रतिस्पर्धी ६ वर्षीया रुप्साको गोडामा चुमेको तस्बिर भाइरल बनेको छ ।

शिल्पाले रुप्साको गोडा चुमेपछि उनी सामाजिक सञ्जालमा ट्रोलको शिकारसमेत भएकी छन् । शिल्पा उक्त रियालिटी शोकी जज पनि हुन् । उनले रियालिटी शोको क्रममा रुप्साको गोडा चुमेकी थिइन् । त्यसपछि शिल्पालाई ‘ड्रामा क्विन’ भन्दै उनलाई उडाएका छन् भने कतिले उनको प्रशंसा गरेका छन् ।

‘सुपर डान्सर च्याप्टर–३’ को फाइनल एपिसोड आउँदो आइतबार प्रसारण हुँदैछ । उक्त ग्राण्ड फिनालेमा शिल्पाले भरतनाट्यम् नृत्य प्रस्तुत गर्नेछिन् । यो कुरा उनले इन्स्टाग्राममा शेयर गरेकी छन् । ‘म आफ्नै पुरानो अवतारमा छु, जुन अवतारबाट मैले शुरुवात गरेकी थिएँ । भरतनाट्यम् मैले ३० वर्षपछि गरेकी हुँ’–उनले लेखेकी छन् ।