पाँचथर  / पाँचथरको याङवरक गाउँपालिका –२ मा मंगलबार राती पहिरो जाँदा एक घर बगाएको छ । पहिरोले २० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बेतेनी गाउँका टलमान राइको घर बगाउदा ५ जनाको परिवार विस्तापित समेत भएको छ । स्थानीयका अनुसार मुक्लाबुङ, धिमाले, बेतेनी गाउँमा पहिरोका कारण २० घरमा क्षति पुगेको छ ।