बरिष्ठ गायक तथा संगीतकार शम्भु राई र  गायक प्रकाश सपूतबीच  गलबन्दी गीतकाे लय  विषयमा बढेको विवाद सकिएको छ । 

‘गलबन्दी ’ बोलको गीतकाे लय शम्भु राईको "देउसी भैलो" गीतको लय तथा संगीतसँग मेलेकाे भन्दै बढेकाे विवादले सामाजिक संजाल देखी सदन सम्म बहस र चर्चा मात्र नभएर जातिय विभेदका  टिकाटिप्णी हुनथालेपछि दुबै पछ विच समजदारीमा सहमति भएकाे छ ।

सहमतिमा प्रकाश सपूतकाे गल्बन्दी गीतकाे लय शम्भु राई देउसी भैलाे गीतकाे लयसंग मिलेकाे निष्कर्षका साथ सहमति भएकाे हाे । सहमतिअनुसार अब  "गलबन्दी " मा संगीत सिर्जना शम्भु राई र पुन: संगीत सिर्जना प्रकाश सपुत राखिने भएको छ ।

सहमतिपत्रमा दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी "गलबन्दी च्यातियाे" बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युबको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहीबमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गरिने निर्णय गरिएकाे छ ।

दुई गायकबीच भएको चार बुँदे सहमतिपछि शम्भु राईद्वारा प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा दर्ता गराएकाे  प्रतिलिपि सम्बन्धि मुद्दा  फिर्ता गरिने भएको छ ।