ताप्लेजुङ् । ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ को दर्गुनेमा भएको ट्याक्टर दुर्घटनामा परि गएरातीदेखि बेपत्ता भएका १७ वर्षिय अर्पण मुखिया मृत अवस्थामा भेटिएका छन् । ट्याक्टरका सहचालक पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका मुखियाको शव करिव ६ घण्टा पछि ट्याक्टर डुवेको खाल्डोवाट निकालीएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सञ्जय सिंह थापाले जानकारी दिए ।

ना ६ त ८७२४ नंम्बरको ट्रयाक्टर वालुवा पुर्याएर फर्कने क्रममा गएराती सोही ठाँउमा बन्दै गरेको नयाँ पुलको खाल्डो खसेको थियो । डिएसपी थापाका अनुसार दुईओटा मोटरको प्रयोग गरि खाल्डोमा जमेको पानी बाहिर निकालेर सहचालकको सव र ट्याक्टर दुवै निकालीएको हो । हाल शवलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको डिएसपी थापाले बताए । बेपत्ता सहचालकको खोजीका लागि बिहानै देखि प्रहरी र स्थानिय खटिएका थिए ।

sab1