सेप इभेन्ट एण्ड मिडिया प्रालिले विगत १२ वर्षदेखि नेपालको विभिन्न ठाउ“हरूमा भारतीय शैक्षिक मेला आयोजना गर्दै आएको छ । सेपले काठण्माडौं र विराटनगरमा भारतीय शैक्षिक मेला गर्दै आएको छ । नेपालमा लगानी गरी शैक्षिक मेला आयोजना गर्ने यो पुरानो संस्था हो । यस संस्थाले भारतका नाम चलेका विश्वविद्यालयका प्रतिनिधिहरूलाई नेपालमा ल्याएर प्रत्यक्ष रूपमा विद्यार्थीहरूलाई भेटाउने गर्दछ । प्रत्येक वर्ष गर्दै आएको शैक्षिक मेला काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेपछि विराटनगरमा यही सोमबारदेखि विराटनगरस्थित नमस्कार होटलमा दुई दिने १३ औं सेपले भारतीय शैक्षिक मेला गर्दैछ । अन्य शैक्षिक मेलाभन्दा फरक मेला भएको दाबी गर्दै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापास“ग ब्लाष्टका लागि अनिल श्रेष्ठले शैक्षिक मेलामा केन्द्रित रहेर गरेको कुराकानी :

- अन्य शैक्षिक मेला भन्दा सेप भारतीय शैक्षिक मेलामा के फरक छ ?
नेपालमा सेप इभेन्ट एण्ड मिडिया प्रालिले लगाउँदै आएको मेला निक्कै पुरानो मेला हो । हामीले विगत १२ वर्षदेखि भारतका नाम चलेका विभिन्न विश्वविद्यालयका संस्थापकहरूलाई ल्याएर प्रत्यक्ष रूपमा विद्यार्थीहरूसँग अन्तक्रिया गराउँछौँ । विद्यार्थीहरूले प्रत्यक्ष रूपमा नाम चलेका विश्वविद्यालयको बारेमा जानकारी लिन पाउँछन् । तर अन्य शैक्षिक मेलामा यस्तो हुँदैन । उनीहरू केही कलेजका प्रतिनिधिमात्र लिएर आएका हुन्छन् । भारतमा पढ्न चाहने विद्यार्थीका लागि आफ्नो रोजाइअनुसारको विभिन्न सहरमा पढ्ने मौका हामी दिँदै आएका छौँ। शैक्षिक मेलाको माध्यमबाट यो अवस्थामा विज्ञहरूसँग लिएको सल्लाहले थप केही मद्दत पुर्याउने छ ।

- १३ औं सेप भारतीय शैक्षिक मेला कस्तो मेला हो ?
‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला हो । यो शैक्षिक मेला नेपालमा आयोजना हुने सबैभन्दा पुरानो शैक्षिक मेला हो । मेलामा सहभागिता हुने शैक्षिक संस्थाहरू विगत १३ वर्षदेखि लगातार नेपालमा आएर नेपाली विद्यार्थी अनि अभिभावकप्रति गुणस्तरीय शिक्षाको बारेमा बुझाउन सफल भएका छौं । नेपालका प्रायः विद्यार्थी सेपमा सहभागिता भएका शिक्षण संस्थामा नै भर्ना भएको देखिन्छ । विगत १३ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको यो ‘सेप’ नामक संस्था यस्तो मेला ल्याउने पहिलो संस्था हो । जुन विशेष शिक्षातर्फ काम गर्दै आएको सबैलाई सर्वविदितै छ ।

- काठमाडौंपछि विराटनगरमा मेला गर्दै हुनुहुन्छ । शैक्षिक मेलामा कस्ता विश्वविद्यालयको सहभागिता हुन्छ ?
काठमाडांँमा अपार सफलतापछि विराटनगरमा यो शैक्षिक मेला हुन लागेको हो । काठमाडौंमा सोचेभन्दा राम्रो भयो । अब विराटनगरमा पनि हामीले काठमाडौंको जस्तै अपेक्षा राखेका छौँ । सफल हुनेमा हामी विश्वस्त छौँ । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालयसहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागिता रहनेछ । दुई दिनसम्म सञ्चालन हुने भारतीय शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ । शैक्षिक मेलामा भारतमा नाम चलेका विश्वविद्यालयका प्रतिनिधि प्रत्यक्ष रूपम सहभागी हुनेछन् । जसमा विद्यार्थीले आफ्ना जिज्ञासा राख्नुका साथै नाम चलेको विश्वविद्यालयको बारेमा सम्पूर्ण जानकारी आफ्नै ठाउँमा बसेर लिन पाउनेछन् । शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट, शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा भाग लिन्छन् ।

- यो शैक्षिक मेलाबाट विद्यार्थीलाई के फाइदा मिल्छ ?
शैक्षिक मेला वर्तमान समयमा विद्यार्थीका लागि सबैभन्दा राम्रो अवसर हो र सम्भवतः उनीहरूको सपनाको पढाइ खोज्न वा अन्य उपयुक्त अध्ययनका विकल्प महसुस गर्न राम्रो रही आएको छ । सहभागीहरूलाई थप मूल्य प्रदान गर्न, सेप शैक्षिक मेलाले अवसर दिन्छ । यसले विशेषज्ञ कलेज भर्ना अधिकारीलाई निम्तो दिन्छ जसले आवेदनका विभिन्न पक्षहरूको सन्दर्भमा मार्गदर्शन प्रदान गर्न सक्छन् । नेपाल र भारतको व्यापारिक र सांस्कृतिक सम्बन्धले भरिएको इतिहास छ । यी देशमा किफायती शिक्षण फिसको निकटतासँगै, सांस्कृतिक निकटताले आमाबाबुलाई आफ्नो बच्चाको बारेमा थप सुरक्षित महसुस गराउने गर्दछ । जुन भारतका लागि नेतृत्व गर्ने विद्यार्थीको बढ्दो सङ्ख्याको मुख्य कारण हो । यसबाहेक, धेरै देशहरूका विपरीत, ती आमाबाबु जो भारतमा आफ्ना छोराछोरी पढाउन चाहन्छन् । उनीहरूले आफ्नो बच्चालाई भर्ना गर्नुअघि शैक्षिक संस्थाहरूको भ्रमण गर्न सक्छन् । यस्ता शैक्षिक मेला विद्यार्थीहरूको सुनौलो अवसर हो ।

- अभिभावक र विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ?
शैक्षिक मेला भनेको विद्यार्थीको भविष्य चुन्ने अवसर हो । भारतका सम्पूर्ण विश्वविद्यालयका बारेमा पूर्ण जानकारी लिने अवसर पनि हो । भारतका सबै प्रान्तबाट विश्वविद्यालयका प्रमुखको यहाँ उपस्थिति हुन्छ । म अभिभावक ज्यूहरूलाई के भन्न चाहन्छु भने तपाइँहरूका नानीलाई भारतमै पढाउन चाहनुहुन्छ भने एक चोटि शैक्षिक मेलामा आएर पूर्ण जनकारी लिनुहोला । यस्तो मेला भनेको जानकारी प्राप्त गर्ने मेला हो । यस मेलाबाट सम्पूर्ण कलेजको बारेमा जानकारी लिएपछि तपाईंहरूले निर्णय लिने कुरा हो । कसैले भनेको आधारमा उनीहरूको लहैलहैमा लागेर निर्णय नगर्नुहोस् । पूर्ण रूपमा बुझेर मात्र आफ्ना नानी र आफ्नो बारेमा निर्णय गर्नुहोला । त्यसको साथै हामीले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि केहीलाई लक्कि ड्रमार्फत् मोबाइल फोन, ल्यापटप, ट्याब पनि प्रदान गर्नेछौँ ।