धरान / मोरङ र धनकुटाका २५ महिलाहलाई ७ दिने होमस्टे व्यवस्थापन तालिम दिइएको छ । धनकुटाको डाँडा बजार होम स्टेमा भएको तालिमका लागि आर्थिक सहयोग प्रदेश नम्वर १ सरकारले गरेको थियो । तालिमको आइतबार समापन गरिएको छ । को आर्थिक सहयोगमा आज तालिममा धनकुटा नाम्जे थुम्की, डांडाबजार र चाँदी भडसज्याडस सामुदायिक होमस्टे सहभागी थियो । यस्तै मोरडको जेफाले सामुदायिक होमस्टे सहभागी भएको होहस्टे एसोसियएसन प्रदेश १ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
गैरी भक्त टे«निङ सेन्टर विराटनगरले आयोजना गरेको उक्त तालिम होमस्टे एशोसियसन नेपाल प्रदेश नम्बर १ को अध्यक्ष विनोद सुव्वा गुरूडसले सहजिकरण गरेका थिए ।
तालिममा होमस्टेको परिभाषा, अर्थ, सरसफाई, होमस्टेमा आउने पाउनाको सत्कार सम्मान , पर्यटकिय क्षेत्रको विकास होमस्टे संचालकमा हुनु पर्ने गुणहरू, खानाको प्रकार, होमस्टेको अवसर र चुनौतीहरू जस्ता बिषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

talim