लिबिया आक्रमणमा एक नेपाली मारिए

alt
  • असार १९, २०७६
  • ४०९ पटक पढिएको
  • रासस

युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् ।

मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ ।

सल्लेरी सहकारी पीडित ...

धरान । राजनितिक आडमा सहकारीको रकम हिनामिना गरेको आरोपमा ...

जयकुमार राईको नजरमा ...

मसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट धरानको मे ...

शिक्षकद्वारा विद्यार ...

विराटनगर /  विराटनगर – ४ राजवंशी चौकस्थित अप ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved