मलाइका अरोरा र अर्जुन कपूर आजभोलि प्रेममा छन् । यी दुईको जोडी बिदा मनाउन न्यूयोर्क पुगेको छ ।
मलाइकाले अर्जुनलाई लिएर एउटा अन्तरवार्तामा अर्जुनले आफूलाई बुझ्ने, हँसाउने भएकाले आफूलाई धेरै मन परेको बताएकी थिइन् ।

केही दिन पहिले अर्जुनको जन्मदिनमा मलाइकाले फोटो शेयर गर्दै ‘ह्याप्पी बर्थ–डे मेरो क्रेजी, फन्नी र अमेजिङ अर्जुन कपूर’ लेखेकी थिइन् । उनले सामाजिक सञ्जालका माध्यमबाट पनि अर्जुनप्रति आफ्नो प्रेम दर्शाएकी हुन्छिन् । बलिउडमा पछिल्लो समय यो जोडी चर्चामा आइरहने जोडीका रूपमा परिचित छ ।