‘नेपाल स्टार मोडल २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् ।
मोस्ट ब्युटिफुल उपाधिसमेत हातपारेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फष्ट रनर अप र सुभाष तामाङ सेकेण्ड रनरअप घोषित भए । मैनालीले बेस्ट वाक, मोस्ट फ्रेण्ड्ली उपाधि समेत हातपार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए । सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयर च्वाइस्, मोस्ट पपुलर र मोष्ट ट्यालेन्टसमेत गरी ४ उपाधि हातपारे ।

पूर्व प्रधान सेनापती रुक्माङ्गत कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री सञ्चिता लुइटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स चब्बी मोडलको फष्ट रनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिलवीर सिंह तुलाधर प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहिणी, कामकाजी व्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायीलगायत सबैका प्रकारका व्यक्तिहरूको व्यक्तित्व विकासका लागि उपयुक्त प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हँुदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । सचु गुरुङको कोरियोग्राफी रहेको प्रतियोगिता विभिन्न साङ्गीतिक कार्यक्रमसहित आयोजना भएको थियो ।