नक्कली समाचार नियन्त्रण गर्न एक करोड ८० लाख पाउण्ड्स व्यवस्था

alt
  • असार २३, २०७६
  • १८२ पटक पढिएको
  • रासस/एएनआई

लण्डन/ संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायत विरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पाउण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताएको छ ।

बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ । उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन वर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन् ।

‘विश्वका जम्मा १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहुँच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ,’ बेलायती विदेशमन्त्री जेरमी हण्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ’ उनले भने । सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधी अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ ।

बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिनपछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो । प्याकेज पूर्वी यूरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच वर्षे अभियानस्वरूप ल्याइएको हो ।

अशोक दर्जी वा कमला ...

कुनै कुनै केटाकेटीहरू विलक्षण प्रतिभाका हुन्छन् । उनीहर ...

शिक्षालाई डरको धन्दा ...

हाम्रो शिक्षाले ज्ञानको प्रमुख स्रोत किताबलाई मात्र मान ...

गौरादह नपामा कर्मचार ...

दमक/ दमक नगरपालिकामा लामो समयदेखि कर्मचारी नहुदा उपभोक् ...

इटहरीमा धुलो विरूद्ध ...

इटहरी/ इटहरीको मुख्य चौक धुलोको कारण हिँड्न सक्ने अवस्थ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved