बलिउडकी कङ्गना रनौत विभिन्न कारणले चर्चामा आइरहन्छिन् । विशेष गरेर उनी विभिन्न विवादमा मुछिइरहन्छिन् । यो उनको पुरानै बानी हो ।

कहिले कलाकारसँग, कहिले बलिउडकर्मीसँग त कहिले निर्माता निर्देशकसँग विवाद गरिरहेकी हुन्छिन् । यसक्रममा पत्रकार पनि उनको निशानामा परेका छन् ।

‘जजमेन्टल हे क्या’ को एक रिमिक्स प्रोमोसनल गीतलाई सार्वजनिक गर्ने क्रममा कङ्गनाले एक पत्रकारमाथि जथाभावी गाली गरेकी हुन् । ती पत्रकारले कङ्गनाको फिल्म मणिकर्णिकाबारे नकारात्मक टिप्पणी गरेका कारणले गाली गरेको बताइन्छ ।

तर पत्रकारले उक्त आरोपको खण्डन गर्दै आएका छन् । पत्रकार सम्मेलनका क्रममा उनी विवादमा मुछिएकी हुन् । पत्रकारसँग उनको ठूलै झगडा परेको बताइन्छ । तस्बिरहरूमा पनि उनले कसैलाई इङ्गित गरेको देखिन्छ ।