अमेरिकाको राजधानी वाशिङटनमा 'बाढी', ह्वाइट हाउसमा पनि पानी पस्यो

alt
  • असार २४, २०७६
  • २१२ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए।

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो।

केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो। अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो।

ह्वाइट हाउस पनि प्रभावित

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भयो। वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो।

बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो। तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन्।

त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन्। मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।

अशोक दर्जी वा कमला ...

कुनै कुनै केटाकेटीहरू विलक्षण प्रतिभाका हुन्छन् । उनीहर ...

शिक्षालाई डरको धन्दा ...

हाम्रो शिक्षाले ज्ञानको प्रमुख स्रोत किताबलाई मात्र मान ...

गौरादह नपामा कर्मचार ...

दमक/ दमक नगरपालिकामा लामो समयदेखि कर्मचारी नहुदा उपभोक् ...

इटहरीमा धुलो विरूद्ध ...

इटहरी/ इटहरीको मुख्य चौक धुलोको कारण हिँड्न सक्ने अवस्थ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved