इटहरी । १४ वर्षदेखि इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष रामप्रसाद चौलागाईंलाई इटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रुपमा भ्रष्ट्रचारको आरोप लगाउदैं आएका बेला अख्तियार अनुसन्धान आयोग इटहरीले कार्यलयका हरहिसवा र खातापाता नियन्त्रणमा लिएको छ ।
समाजवादी पार्टी इटहरीले इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ब्यापाक भ्रष्टाचार भएको भन्दै उजुरी गरे पछि अख्तियार खातापाता नियन्त्रणमा लिएको जनाएको छ । हामीले आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौ अखितयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भने ।
केहि दिन अघि समाजवादी पार्टीले भ्रष्टाचारको विषय छानविन माग गदै अख्तियारसहित प्रशासन कार्यलयमा उजुरी दिएको थियो । लामो समयदेखि खानेपानीको अध्यक्ष रामप्रसाद चौलागाईले खानेपानीको पाईप बिछ्याउँदा, जग्गा किन्दा, खानेपानी ट्याङंकी निर्माणमा व्यापक भ्रष्टाचार गरेको अख्तियारमा उजुरी परेको थियो ।
यता खानेपानी उपभोक्ता समुहका कार्यलय प्रमुख हरि कटवालले भने –‘जग्गा खरिद सम्बन्धीको कागाजपत्र मागेको बताए । हामीले मागेको जति सम्पूर्ण कागजपत्र दिएका छौ ।’ कार्यलय प्रमुख कटवालले भने ।
खानेपानी संस्थाले वडा नं. १०, १६ र १७ मा जग्गा खरिद गरेको छ । यी वडामा खरीद गरेको जग्गालाई नै लक्षित गरेर भ्रष्टाचार भएको मेयर चौधरीले दावी गर्दै आएका थिए ।
खानेपानी संस्थाले यसै वर्ष वडा नं. १० मा १९ कट्ठा सवा १९ धुर जग्गा प्रमोद चौधरीसहित सात जनाको समूहसँग खरिद गरेको छ । यो जग्गा एक करोड ४१ लाख ९३ हजार ३३७ रुपैयाँमा खरीद गरेको जनाइयो । यस्तै, वडा नं. १६ मा १० कट्ठा १५ धुर जग्गा आर्थिक वर्ष २०७४÷७५ मा खरिद गरेको छ । यो जग्गा एक करोड ७१ लाख तीन हजार २५० मा रामप्रसाद न्यौपानेबाट खरिद गरिएको हो । यस्तै, वडा नं. १७ मा अघिल्लो आर्थिक वर्षमै १५ कट्ठा १८ धुर खरीद गरिएको थियो । यहाँ जग्गा खरिद गर्दा एक करोड ६६ लाख ९३ हजार ४१० रुपैयाँ लागेको बताइएको छ ।