काठमाडौं / मिडिया काउन्सिल विधेयकमा असन्तुष्ट जनाउदें सडक आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ ।
नेपाल पत्रकार महासंघ र सत्ता पक्ष नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, सांसद योगेश भट्टराईलगायतको पहलमा आज सिंहदरबारमा भएको छलफलपछि पत्रकार महासंघले आन्दोलन फिर्ता लिने घोषणा गरेको हो ।
नेकपा राष्ट्रियसभामा मुख्य सचेतक खिमलाल भट्टराईले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यस पछि महासंघका अध्यष गोविन्द आचार्यले आन्दोलन फिर्ता लिएको जानकारी गराएका थिए । ।