ताप्लेजुङ । पछिल्लो समय नेपाली साङ्गितीक क्षेत्रमा एकपछि अर्को गित ल्याईरहेका गायक तथा इन्जिनीयर वीरेन्द्र श्रेष्ठको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
भिडीयोलाई भावसागर ईन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरीएको हो । गितमा श्रेष्ठलाई गायिका तथा मिडियाकर्मी योजना पुरीले साथ दिएकी छिन ।

एक राजकुमारी भित्रको ईच्छा र यौवन प्रस्तुत गीतको भिडियोमा पुष्प खड्का र सृष्टि खड्का फिचर्ड छन् । साथै भिडीयो वालकलाकारहरु आयुष गुराँगाई र अंशु गुराँगाईलाई पनि देख्न सकिन्छ । अम्बिका गुरुङ्गको शब्द रहेको सार्वजनिक गीतमा दीपक शर्माको संगीत छ ।

काठमान्डौको विभीन्न स्थानमा छायंकन गरीएको उक्त भिडीयोमा भिडीयोमा निशान कश्यपले निर्देशन गरेका छन् । गीतमा सुरेन्द्र बस्यालको कोरियोग्राफि रहेको छ । उद्धव दाहालको छायाकन रहेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका हुन् ।