भाेजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मंगलबार नै विप्लवका कार्यकर्ता हतियारसहित भोजपुर बजार छिरेको पुगेको थियो । उक्त सूचना लगत्तै भोजपुरका प्रहरी प्रमुख डिएसपीले उनीहरुको निगरानीका लागि प्रहरी खटाएका थिए ।

बुधबार बिहानैदेखि सिभिल प्रहरीसहित परिचान गरिएको थियो । प्रहरीलाई प्राप्त सूचना अनुसार १०÷१२ जनाको समुहमा विप्लव कार्यकर्ता भोजपुर बजार छिरेको भन्ने आएको प्रहरी श्रोतले जनाएको छ ।
प्रहरी जवान सञ्जिव राई सादा पोशाखमा हिड्ने घुमुवा हुन । उनीसहित ५ जनाको सिभिल टिम बनाइ बुधबार बजारमा गस्तीका लागि पठाइएको थियो ।

सोही क्रममा एक होटल नजिक पुग्न साथ संजिव माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । विप्लवका ओखलढुङगा इञ्चार्ज नीरकुमार राईलाई भेटे पछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । तर प्रतिकारमा उनले संजिवमाथि गोली प्रहार गरेका थिए ।
उनलाई पक्राउ गर्न खोज्दा राईसँगै रहेका सोमनाथ भटट्राई पनि घाइते भएका थिए । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।
सोही समयमा प्रहरीको अर्को टिमसमेत त्यही पुगेको थियो । नीरकुमारलाई नियन्त्रणमा लिन समस्या समस्या भए पछि अर्का प्रहरीले आत्म रक्षाका लागि नीरकुमार माथि प्रहरीले गोली चलाएको प्रहरीले दावी गरेको छ । नीरकुमारसँगै रहेका दुई कार्यकर्ताहरु भागेका छन् । उनीहरुलाई दुई दुई गोली लागेको थियो ।

नीरकुमारको साथबाट १ वटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ। प्रहरीका अनुसार भिडन्तमा मारिने प्रशान्त उपनाम भएका नीरकुमार भोजपुर बोयाकै स्थायी बासिन्दा रहेका छन् । भोजपुरमा चन्दा आतंक मञ्चाएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो ।  घटनाको विषयमा विप्लवले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।