देउराली ।इटहरी उपमहानगरपालिकाबाट संचालित सानिमा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठ औं वार्षिक उत्सबका अवसरमा एसईईमा राम्रो नतिजा ल्याउने सेयर सदस्यका छोरा छोरीलाई सम्मान तथा रक्तदान कार्यक्रम गरी मनाएकाे छ ।

संस्थाले सेयर सदस्यका छोरा छोरीहरु मध्य एसईईमा राम्रो नतिजा ल्याउन सफल भएका दुई जनालाई सम्मान गरेको हो । सम्मान पाउनेहरुमा सेयर सदस्य दिपेन्द्र कार्कीका छोरा दिप्लव कार्कीले जिपिए ३.६५ ल्याएका छन् भने, अर्का सेयर सदस्य ओम तामाङका छोरी पेमा तामाङले जिपिए ३.६ ल्याएकी छिन् ।

सम्मानित हुने दुवैजनालाई प्रमाण पत्रसहित शैक्षिक सामाग्री समेत वितरण गरिएकाे थियाे । त्यस्तै ८औं वार्षिक उत्सवको अवसरमा  संस्थाले गरेको रक्तदान कार्यक्रमा ३६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले जानकारी दिए ।

इटहरी –६ स्थित संस्थाकाे प्रङ्गडमा भएकाे  कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइराला प्रमुख अतिथि, जिल्ला वचत तथा ऋण सहकारी संघ सुनसरीकी वरिष्ठ उपाध्क्ष योगमाया सुवेदी विषेश अतिथी र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का अतिथी रहेका थिए ।