पाचथर / १६ औ विभूती महागुरू फाल्गुनन्दको तपोभुमी पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्वर २ मा ५ दिने होमस्टे व्यवस्थापन तालिम हिजो सम्पन्न गरिएको छ । गत असार २० गतेबाट संचालन भएको तालिम नेपाल पर्यटन बोर्ड र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा आदीवासी समाज विकास केन्द्रले संचालन गरेको थियो ।
तालिममा लालिखर्क सामुदायिक होमस्टे, काम्छी बजार होमस्टे, बतासे होमस्टे, फाल्गुनन्द होमस्टेबाट ३५ जना महिलाहरूलाई तालिम दिएको समाज बिकास केन्द्रको अध्यक्ष नन्द नेम्बाहाडसले जानकारी दिए । पूर्वी पहाडको प्रख्यात धार्मिक स्थल ताप्लेजुडको पाथिभरामा जाने यो बाटोमा रहेको लालिखर्क होमस्टे यो बर्षदेखि संचालनमा ल्याइएको हो । पाथिभरा घुम्न आउनेलाई लक्षित गरेर हामस्टे संचालनमा ल्याइएको हो । तालिमको सहजिकरण होमस्टे एशोसियसन प्रदेश १ का अध्यक्ष विनोद सुव्वा गुरूडले गरेका थिए ।