धनकुटा । धरान धनकुटा सडक खण्डमा बुधबार बस र मोटरसाइकल ठक्कर खाँदा एक जना गम्भीर घाइते बनेका छन् ।

मोटरसाइकल सवार धनकुटा छथरजोरपाटी गाउँपालिका–४ तांखुवाका ३३ वर्षीय तेञ्जी शेर्पा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटावाट धरान तर्फ गईरहेको मे ७ प ३७९४ नं को मोटरसाइकल र धरानवाट धनकुटा तर्फ आईरहेको को १ ख ५१४१ नं को बस रुद्रवारी नजिकै एकआपसमा ठक्कर खाएका थिए ।

ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काका अनुसार शेर्पालाई थप उपचारको लागि धरान पठाइएको छ । बस र चालक धरान १६ का दिपक राईलाई नियन्त्रणमा लिइएको छ ।