श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २६ गते बिहीबार, ११ जुलाई २०१९ । आषाढ शुक्लपक्षको दशमी तिथि २३ः०३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र स्वाती १९ः१४ बजेसम्म, उप्रान्त विशाखा । चन्द्रमाराशि तुला, सूर्योदय ५ः१७ र सूर्यास्त ७ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । आफन्त तथा साथीभाइबाट सोचेभन्दा बढी लाभ मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्चस्थान रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ  । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । लगनशीलताले काम अगाडि बढ्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यापार– व्यवसायमा नोक्सान होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक क्षेत्रको काममा सक्रिय भइएला । शुभकार्यको चर्चा चल्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्ने जा“गर र हिम्मत बढ्नेछ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ  । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न बन्नेछ ।