विराटनगर रङ्गशाला डुबान भएपछि मुख्यमन्त्री कपको फाइनल धरानमा

alt तस्बिर : गुगल
  • असार २६, २०७६
  • २५० पटक पढिएको
  • रासस

विराटनगर/ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता–२०७६ को फाइनल खेलका विजयी टोलीलाई प्रदान गरिने चार केजी चाँदीको ट्रफी बुधबार सार्वजनिक गरिएको छ ।

सुनसरीको धरानमा यही असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताका संयोजक एवम् अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईले पत्रकार सम्मेलन गरी वर्षाले विराटनगरको शहीद रङ्गशाला डुबानमा परेका कारण खेलस्थल धरानमा सार्नु परेको जानकारी दिए ।

लिग कम नकआउट अन्तर्गत हुने हुने खेलमा ‘क’ समूहमा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा, बेलबारी फुटबल क्लब मोरङ छन् भने ‘ख’ समूहमा सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्स क्लब इलाम रहेका छन् । फाइनल खेल असार ३१ गते हुनेछ ।

सञ्चार संयोजक रोहित कोइरालाले मोफसलको क्लबलाई व्यवसायिक बनाउन र खेलाडीले खेलेर जीवनयापन गर्न रोजगारी प्राप्त होस् भन्ने उद्देश्यले प्रतियोगिताकोे आयोजना गरिएको बताए । प्रतियोगितामा पुरस्कारतर्फ २० लाख रकम छुट्याइएको छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ३३ लाख खर्च हुने अनुमान छ ।

खेलको आयोजनाका लागि प्रदेश नं. १ सरकारले एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट ३३ लाख प्रदान गरिएको छ । खेलको पहिलो चरण अन्तर्गत लिगमा प्रदेशका १४ जिल्लाको फुटबल टोलीबीच प्रतिस्पर्धा भई ६ टोली फाइनल प्रतियोगितामा प्रवेश गरेका हुन् ।

अशोक दर्जी वा कमला ...

कुनै कुनै केटाकेटीहरू विलक्षण प्रतिभाका हुन्छन् । उनीहर ...

शिक्षालाई डरको धन्दा ...

हाम्रो शिक्षाले ज्ञानको प्रमुख स्रोत किताबलाई मात्र मान ...

गौरादह नपामा कर्मचार ...

दमक/ दमक नगरपालिकामा लामो समयदेखि कर्मचारी नहुदा उपभोक् ...

इटहरीमा धुलो विरूद्ध ...

इटहरी/ इटहरीको मुख्य चौक धुलोको कारण हिँड्न सक्ने अवस्थ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved