सगरमाथा आरोही तेञ्जिलाई सम्मान

alt
  • असार २६, २०७६
  • १८६ पटक पढिएको
  • ब्लाष्ट खबर

धनकुटा/ धनकुटा जिल्लाबाट पहिलो सगरमाथा आरोही तेञ्जिङ शेर्पालाई बुधबार एक औपचारिक समारोहको बीच सम्मान गरिएको छ ।

जिल्लाको छथर जोरपाटी गाउँपालिकाले शेर्पालाई सम्मान गरेको हो । उनलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले नगद ५० हजार र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिम्बूले शेर्पाले हिमाल आरोहण गरेर धनकुटा जिल्लाको नाम विश्वसामु चिनाएको भन्दै बधाई दिए ।

त्यस्तै गरी सिँधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिव श्रेष्ठले अब हिमाल आरोही शेर्पाले यस्तै कार्यमा चासो राख्ने व्यक्तिहरूलाई दिशानिर्देश गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेकपा छथर जोरपाटी गाउँपालिका अध्यक्ष इन्द्र सारु मगर, नेपाली काङ्ग्रेसका छत्र सुब्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद अर्याल, हरिराज खेवा स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णु पारघरीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत अर्यालले राखेका थिए । छथरजोरपाटी गाउँपालिका वडा नं. ६ परेवादिनका शेर्पाले २० वर्षकै उमेरमा गत जेठ २ गते बिहान ३ बजेर १५ मिनेट जाँदा सफल सगरमाथा आरोहण गरेका थिए ।

उपनिर्वाचनका लागि उम ...

धरान  / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेक ...

म करोडको गाडी चढ्दिन ...

धरान/ मङ्सिर १४ को उपनिर्वाचनको मिति नजिकिँदै जाँदा धरा ...

डाँगीहाट गोल्डकपको त ...

लक्ष्मीमार्ग/ डाँगीहाट गोल्डकपको तेस्रो संस्करण कार्तिक ...

विश्वकर्मा मन्दिर न ...

देउराली । तिनकुने विश्वकर्मा मन्दिर नजिकै सवारी दुर्घटन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved