धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राती १३ दिनको शिशु चोरी भएको छ । शिशु चोरीको आरोपमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बु बिक रहेका छन् । शिशुलाई धरान–१५ बगरकोटमा फेला पारिएको थियो ।
लिला विकका श्रीमान् भारतको दिल्ली बस्दैं आएको बताइएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आफु पाल्नका लागि लगेको भनेर बयान दिएको बताए । ‘विक्रि गर्नका लागि लगेको पनि हुन सक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’–डिएसपी न्यौपानेले भने ।
उनीहरु विरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आएको उनले बताए । १०/ १२ दिनदेखि बच्चा जन्मिए पछि राख्ने वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर विश्वास जितेर हिजो राती आफन्त निदाएको बेला बच्चा चोरी गरेको पाइएको डिएसपी न्यौपानेले बताए ।

चोरी भएको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको छोरा हो । बबिताले गत असार १३ गते छोराको जन्म दिएका थिए । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमा नै राखेर उपचार भइरहेको चिकित्सकले जनाएका छन् ।
लिला विक वर्डामा कुरुवाजस्तो भएर बस्दै आएको थियो उक्त शिशुलाई अर्को मान्छे बोलाएर सबै निदाएको बेला लगेको पाइएको छ ।