इटहरी   इटहरी उपमहानगरपालिकाले इटहरीको मध्यभागमा घण्टाघर निर्माण गर्ने भएको छ ।  घण्टाघर निर्माणका लागि यस आथिृक बर्षमा ३० लाख रुपैया विनियोजन गरिएको छ । डीपीआरलगायत आधारभुत कामहरु सम्पन्न गर्न ३० लाख बजेट विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

इटहरी ९ स्थित पुरानो हेल्थपोष्टको भवन रहेको स्थानमा घण्टाघर बनाउन लागिएको हो । इटहरीमा घुम्न लायक केही संरचना नभएकाले इटहरीको दृष्य कैद गर्न सकिने हिसावले घण्टाघर निर्माण गर्न लागिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन ।