लगातारको बर्षा र निकास नहुँदा डुवानमा परेको विराटनगरस्थित कोशी अञ्चल अस्पताल परिसरको पानी सशस्त्र प्रहरी र सुरक्षा गार्डको सहयोगमा निकाल्न सुरू गरेको छ । सशस्त्र प्रहरी बल ३ नम्बर गढ कंकालिनी मोरङका सहि केदार कटुवालको नेतृत्वमा आएको प्रहरी टोलीले कोशी अञ्चल अस्पताल परिसरमा जमेको पानी पम्पसिटबाट निकाल्न सुरू गरेको हो । मंगलबार रातीदेखि परेको वर्षा र पानीको सतह बढेपछि बिहीबार कोशी अस्पतालको परिसर डुवानमा परेको थियो । रोडको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहितका प्रशासनिक भवनमा समेत पानी पसेर जलमग्न भयो ।