बिर्तामोड / पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाईमा मोटरसाइकल अनियन्त्रित भएर सडकको साइडमा राखेको डिभाइडरमा ठोक्किंदा चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ३ प ७६६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर डिभाइडरमा ठोक्किंदा भोजपुर नगरपालिका २ का सन्तोष तामाङ्गको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठक्कर खाए पछि तामाङ्ग गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिर्तामोडस्थित वि एण्ड सी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।