विराटनगर / विराटनगर – १ भट्टाचौकदेखि पूर्व परोपारका जाने बाटोमा विगत ४० वर्षदेखि सुकुम्बासीहरू बसोवास गर्दै आएका छन् । उक्त स्थानमा ७ घरमा करिब ४९ जना सुकुम्बासीहरू बसोवास गर्दै आएका हुन् । उनीहरूले सुकुम्बासी समस्या सामाधन आयोगबाट ‘सकुम्बासी’ परिचय पत्र पनि प्राप्त गरेका छन् । तर, सुकुम्बासी समस्या समाधान नगरि विराटनगर महानगरपालिकाले ७ घर परिवारलाई हटाउन लागेको भन्दै उनीहरूले उचित व्यवस्थापन गरिदिन सरोकारवालाहरूसँग हारगुहार गर्दै आएका छन् ।
७ घर सुकुम्बासीहरूले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरूलाई महानगरपालिकाले उचित रूपमा व्यवस्थापन गरेर मात्र हटाउन माग गरेका छन् । ‘४० वर्षदेखि परोपकार घाट जाने बाटोमा हामी बसोवास गर्दै आएका छौं,’ सुकुम्बासी फारूक सेखले भने, ‘अहिले आएर महानगरपालिकाले एक्कासी रूपमा आएर हामीलाई जग्गा खालि गर्न पत्र काटेको छ । ७ दिन भित्र घर खाली गर्नू भनेर महानगरपालिकाले पत्र काटेको छ । अब हामी कहाँ जाने होला ।’ ७ घर सुकुम्बासीहरूको महानगरपालिकाले उचित व्यवस्थापन गरिदिए घर हटाउन तयार गरेको पनि उनले बताए ।
आर्थिक अवस्था नाजुक रहेका सेख परिवारमा ७ जनाको परिवार रहेको छ । ‘हातमा लगाउने जुराको सानो व्यापार गरेरे ७ जनाको परिवार पाल्दै आएको छु,’ उनले भने, ‘महानगरपालिकाले घर खाली गर भन्दैछ । अहिलेसम्म आफ्नो एक धुर जग्गा पनि छैन । हामी दुःखीलाई किन नगरपालिकाले सडकमा पु¥याउन खोज्दैछ ।’ अरूकोमा गएर बनिबुतो गरि गुजरा गराउँदै आएकी हसिना खातुनले पनि महानगरपालिकाले सुकुम्बासी हटाउन निर्णायप्रति दुःखेसो पोखेकी छिन् । ‘दिनभरी अरूकोमा काम गरेर कमाएको १÷२ रूपैयाँले परिवार पाल्दै आएका थिए । ओत लाग्ने सानो टहरा थियो । अहिले आएर महानगरपाकिाले खाली गर भन्दैछ । यो ठाउँ छोडेर ७ जनाको परिवार कहाँ जानु,’ उनले भनिन् ।
महानगरपालिकाले हचुवाको भरमा गरेको निर्णाय तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन बेगार जर्वजस्ती हटाए प्रतिकारमा उत्रिने उनीहरूले चेतवनी पनि दिएका छन् ।
विराटनगर महानगरपालिकाले २३ असारमा भट्टाचौक पुर्व परोपकार घाट जाने बाटोको जग्गा अतिक्रिमण गरि अनाधिकृतरूपमा घर टहरा निमार्ण गरि बसोवास गरि आएको घर सात दिन भित्र खाली गर्न पत्र काटेको छ । उक्त पत्रमा महानगरपालिको घरनक्सा शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले हस्ताक्षर गरेका छन् । विराटनगर – १ का वडा अध्यक्ष तथा प्रवक्ता समेत रहेका उद्धव अर्यालले सडक अतिक्रमण गरि घर टहराहरू निमार्ण गरेकोले सडक विस्तार गर्न महानगरपालिको वोर्ड बैठकले हटाउन निर्णाय गरेको बताए । सुकुम्बासीको नाममा जग्गा भएकाहरूले सडक अतिक्रमण गरि बसोवास गरेको उनको भनाई छ । यहाँ बसोवास गर्नेहरूको अन्य ठाउँमा पनि १÷२ कठ्ठा जग्गा भएका व्यक्ति भएको उनले दाबी गरेका छन् । ‘सुकुम्बासीको नाममा यसरी जग्गा हुनेहरू सडक अतिक्रमण गरि बस्न पाइदैन,’ उनले भने, ‘अबको १÷२ दिन भित्र यहाँ बाट घर खाली गरि सडक विस्तार गरिनेछ ।’