पथरी / अविरल बर्षाको कारण कानेपोखरी गाउँपालिका क्षेत्रमा खोलाले बगाएर एकजना व्यक्ति बेपता भएका छन् ।
कानेपोखरी गाउँपालिका र रंगेली नगरपालिकालाई छुट्याउने सिमानाको गेउरिया खोला तर्ने क्रममा २५ बर्षको युवालाई विहिबार साँझ बगाएको हो । वगाएको व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । विहिबार खोलामा खोजीकार्य गरिएता पनि नभेटिएको र आज शुक्रबार पनि खोज्ने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएपी लक्ष्मीनाथ अधिकारीले जानकारी दिए ।
कानेपोखरी–रंगेली सडक अन्तरगत गेउरिया खोलाको पुलको ठेक्का लगाए पनि काम सुरु गर्ने वितिकै ठेकेदार कम्पनि भागेका थिए । ठेकेदारले काम छाडेर भागे पछि अर्को ठेक्का लगाएको थिएन । त्यस खोलामा पुल नबन्दा बर्खामा अहिले आवतजावतमा समस्या हुदैं आएको छ ।
यस सगै शुक्रबार पनि अविरल बर्षाको कारण पथरीशनिश्चरे र कानेपोखरी क्षेत्र पनि केही भाग डुबानमा परेको छ ।