जिरोपोइन्ट । स्टेट १ सिङ्गिङ आइडलको अन्तिम अडिसन असार २८ गते धरानमा हुने भएको छ ।
रेडमुन इन्टरटेनमेन्टको आयोजनामा जारी आइडलको अडिसन फ्रेण्ड्स गार्डेनमा हुने भएको हो । अडिसनपश्चात अन्य राउण्डका प्रतिस्पर्धाहरू पनि धरानमै हुने आयोजकले जनाएको छ । धरानमा एक सय जनाले फर्म भरिसकेको जनाइएको छ ।

जसबाट २० जनालाई दोस्रो चरणका लागि छनौट गरिने रेडमुन इन्टरटेनमेन्टका अध्यक्ष रोशन प्रधानले बताए । यसअघि भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ, गाईघाट, पाँचथर, इलाम, बिर्तामोडमा सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

अडिसनपछि पहिलो राउण्डका रूपमा खुल्ला राउण्ड हुने छ । जसमा सङ्गीतबिनै प्रतियोगीहरूले गीत गाउनु पर्नेछ । खुल्ला राउण्डबाट ५० जनालाई तेस्रो चरणका लागि छनौट गरिने भएको छ । तेस्रो चरणमा रिदम राउण्ड राखिएको छ ।