इटहरी । केहि दिन यता परेको मुसलधारे पानीको कारण इटहरी डुवानमा परेको छ । बर्षे देखि दुखदिदै आएको सेहेरा खोलाले इटहरीमा यो बर्ष पनि दु:खदिएको छ । सेहेरा खोलाको बाढी तरहरा हुदै इटहरी पस्दा सर्वसाधरणहरुको सयौ घर ढुवानमा परेका छन ।

शुक्रबार विहान ठुलो पानीपर्दा बाढी तरहराको बस्तीहरु ढुवाउँदै इटहरीको वडाहरु प्रवेश गरेको हो । जसका कारण सर्वसाधरणहरुको घर घरमापानी छिरेको छ । तरहराको मुख्यबजार आसपासमा बाढी प्रवेश गर्दा सर्वसाधरणहरुको विजोक भएको थियो ।

सेहेरा खोलाले तरहरा तथाआसपासको क्षेत्र ढुबाएको छ । जसका कारण इटहरी धरान सडक खण्ड केछि बेर अबरुद्ध समेत भएको छ । तरहरा बरगाँछी क्षेत्रमाआएको बाढीले आवतजावतगर्न समेत समस्याआएका कारण युवाहरु बाटोमै बसेर सर्वसाधरण यात्रुहरुलाई आवतजावतमा सहयोग गदै आएका छन ।

इटहरी २ तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ढुवानमा परेको छ । जसका कारण केन्द्रको माछाहरु समेत बगाएका छन । त्यस्तै इटहरी स्थित आर्मी क्याम्प अगाडि राजु थापाको घरमा समेत बाढीले क्षती पुराएको छ । त्यस्तै इटहरीको पूर्वलाईनमा रहेको टेङ्गाखोलाको बाढीले समेत सर्वसाधरणहरु समस्यामा पदै आएका छन ।

 

12