धरान / हिजो राती ८ लाख घुस रकमसहित पक्राउ परेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्राडा राजकुमार रौनियारलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौं लगेको छ । उनी अख्तियारको फन्दामा परेसँगै उनको पद स्वत निलम्वनमा परेको छ । अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले उनी स्वत निलम्बनमा पर्ने जानकारी दिए ।
प्राडा रौनियार र उनका सहयोगी नातामा भतिजा डा. रामहरी रौनियारको मुचुल्का उठाउन रातभरी लागेका कारण आज दिउसो २ बजे विराटनगर हुदैं काठमाडौं लगिएको हो ।

दुवैलाई थप अनुसन्धानको लागि काठमाण्डौं ल्याइएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए ।
प्रतिष्ठानको आकस्मिक कक्ष विस्तारका लागि बन्दैं गरेको भवन निर्माणको ठेक्कामा ठेकेदारसँग कमिशन वापतको घुस लिएको प्रमाणसहित रौनियारलाई आयोगको टोलीले पक्राउ गरेको थियोृ । घुस मागेको मोवाइल रेडर्कसहित अख्तियार केन्द्रीय कार्यालयमा उजुरी पुगेपछि आयोगको टोलीले लामो अनुसन्धान गरि विहीबार पक्राउ गरेको हो ।

rouniyar

रौनियारले सहकुलपति तथा कसलपतिसँग समन्वय नगरेको तथा विभिन्न विषयमा भ्रष्टचार गरेको आरोपमा तीन महिना अघि सिनेट बैठकले बखास्त गरेको थियो । उनले सर्वोच्च अदालतको आदेशमा पुन पदबहाली गरेर काम गरिरहेका थिए । स्वास्थ्य मन्त्री यादवले रेक्टर गुरु खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएकै दिन अदालतबाट स्टे अर्डर लिएर रौनियार आएका थिए । स्वास्थय मन्त्री उपेन्द्र यादव रप्रधानमन्त्री केपी ओलीसँग उनको सम्बन्ध राम्रो थिएन ।
स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आइतबार रेक्टर गुरु खनाललाइृ पुन निमित्त उपकुलपति दिने तयारी भएको बुझिएको छ । यस विषयमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बैठक चलिरहेको र आइतबारसम्ममा केही निर्णय हुने बताएका छन् ।