विराटनगर । तीन जना वडा अध्यक्ष भेला भएर पञ्चायती बस्ने क्रममा वडा अध्यक्षका छोरासहित ६ जनाले कुटपिट गरेका विराटनगर– १४ जतुवाका समानन्द यादवको बिहीबार राती विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको छ ।

छोराको विवाहको विषयलाई लिएर विराटनगर–१४ का वडाअध्यक्ष बालदेव यादवको घरमा भएको पञ्चायतको क्रममा यादवमाथि गत जेठ ३२ गते कुटपिट भएको थियो । वडाअध्यक्षका छोरा रविनसहित शम्भू भनिने विजय यादव, भोला यादव, दिपेश यादव, प्रतिप यादवसहित ६ जनाले कोठामा बन्धक बनाएर कुटपिट गरेको मृतकका छोरा राजकुमार यादवले बताए । कुटपिटबाट ‘सर्भाइकल स्पाइन’ का सि–३ देखि सि–६ सम्मका हड्डीहरु भाँचिएको थियो ।

Padit-ko-aafantha-

पीडितका छोरा राजकुमारका अनुसार विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा २२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बुबालाई चिकित्सकले विदा दिइएका थिए । विराटनगरमा उपचार संभव नहुने देखिएपछि भारतको सिलिगुडीमा चारदिनसम्म राखेर कोशी अस्पताल फर्काइएको थियो ।

पीडित परिवारले कुटपिटमा संलग्न वडा अध्यक्ष छोरा रविनसहित ६ जना विरूद्ध ज्यान मार्ने उद्योगामा किटानी जाहेरी दिएसँगै प्रतिवादीहरू फरार छन् । प्रहरीले उनीहरूको खोजी गर्दै आएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताए । ‘पीडितले सुरूमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरि दिनुभएको थियो,’ उनले भने, ‘हामीले दर्ता गरेका छौं । घटनाले अर्को मोड लिएको छ । हामीले कर्तब्य ज्यानमा मुद्दा दर्ता सरिसक्यौं ।’ मुद्दा दर्ता सुरूमै भइसकेको घटनामा संलग्नको खोजी कार्य जारी रहेको उनले बताए ।

‘घटनामा संलग्न सबै पक्राउ पर्दछन्,’ उनले भने, ‘अहिले फरार छन् । मोरङ प्रहरीले पक्राउ गर्न सादा पोशकमा पनि प्रहरी परिचालन गरेको छ ।’ प्रहरी घटनाको विषयमा चौतर्फी रूपमा सुष्म तरिकाले अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ ।

पीडित परिवार र आफन्तले दोषिलाई पक्राउ गरि कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने माग राख्दै शुक्रबार दिउँसो कोशीअञ्चल अस्पताल अगाडी सडकमै शव राखि प्रर्दशनमा उत्रिएका थिए । उनीहरूले शवलाई पोष्मार्टम गर्न नदिकन प्रर्दशनमा उत्रिएका थिए । घटनामा संलग्न घरमै लुकेर बसेकाले तत्काल पक्राउ गर्नुपर्ने भन्दै तीन घण्टा सडकमा शव राखेर प्रर्दशनमा उत्रिएका थिए । प्रहरीले दोषिलाई पक्राउ गरि कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जाहेर गरेपछि पीडित पक्षले पोष्माटमा गर्न दिएका थिए । मृतकका २ छोरा, २ छोरी र श्रीमति रहेका छन् ।

Pardashan-2

यस्तो थियो विवाद
मृतक समानन्दले आफ्ना छोराको विवाह विराटनगर – १८ मा एक किशोरीसँग विवाह गरिदिने निधो गरेका थिए । छोरा विवाह गरिदिने निधो भएपछि समानन्दले केटी पक्षसँग तिलक स्वरूप ५० हजार रुपिँया लिए । विवाहको कुरा समानन्दले छोरालाई पनि सुनाए । तर छोराले विवाह गर्न राजि भएनन् ।

केटि पक्षले मगनी दिईसकेपछि अस्वीकार गर्दा छोरीको भविष्य बिग्रने भन्दै केटी पक्षले विवाह गर्न दवाव दिए । केटा पक्षबाट समानन्द र केटी पक्ष सहित विराटनगर – १४ का वडा अध्यक्ष बलदेव यदावको घरमा कुरा मिलाउन ३२ जेठ पञ्चयात बसेको थियो ।

उक्त पञ्चयातमा विराटनगर–१८ का वडाअध्यक्ष संजय साह र जहदा गाउँपाला १ का वडा अध्यक्ष प्रदिपचन्द यादव सहितको उपस्थित थियो । घाइतेका कान्छा छोरा मुकेश यादवका अनुसार छलफल गर्न सुरु हुनुभन्दा अगाडी नै वडाध्यक्ष बलदेव यादवका छोरा रविनसहित ६ जनाको समूहले आक्रमण गरेको थियो । मरणासन्न हुनेगरि कुटपिट गरेपछि समानन्द बेहोस भएका थिए ।

बाबुलाई झुक्याएर तथा करकाप गरेर आफ्नो विवाह गराउन खोजिएका कारण आफुले विवाह गर्न नमानेपछि घटना घटाइएको राजेशले बताए । आफुले केटि नहेर्दै बुबालाई ५० हजार रुपिँया रकम दाइजोको रुपमा दिएर विवाह पक्का गरिएपछि अस्वीकार गर्नु परेको यादवको भनाई छ ।

Sadak-ma-sab-rakhi-pardashan Pardashan-21