श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २८ गते शनिबार, १३ जुलाई २०१९ । आषाढ शुक्लपक्षको द्वादशी तिथि २३ः०३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अनुराधा १८ः२८ बजेसम्म, उप्रान्त ज्येष्ठा । चन्द्रमाराशि वश्चिक, सूर्योदय ५ः१८ र सूर्यास्त ७ः०० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ ।पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । आर्थिीक संकटको सामना गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्या–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक कार्यमा सफलता मिल्ला । नया“ कार्य–व्यवसायको शुभारम्भ होला ।बौद्धीक काममा सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बाधन कसिनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ ।कार्य–व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रोछ । धार्मिक तथा माङ्गलिक कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनारञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाईसित भेट हुनेछ ।