श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २९ गते आइतबार, १४ जुलाई २०१९ । आषाढ शुक्लपक्षको त्रयोदशी तिथि २३ः०३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र ज्येष्ठा १८ः४५ बजेसम्म, उप्रान्त मूल । चन्द्रमा राशि वृश्चिक, सूर्योदय ५ः१९ र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । महत्वपूर्ण अवसरहरू गुम्न सक्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रफुल्ल रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । दिन उत्तम छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काममा मन जानेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । बिछोडिएका साथीहरूसित रमाइलो भेट होला । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन–पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का—पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।