चलचित्र विकास बोर्डले १९ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन दर्जन बढी फिल्मकर्मीहरू सम्मानित भएका छन् ।

पुरस्कार तथा दीर्घ साधना सम्मान तीन वर्षदेखि रोकिरहेको थियो । यस पटक २०७३, २०७४ र २०७५ गरी तीन वर्षको पुरस्कार एकै पटक वितरण गरिएको हो ।

शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा वर्ष २०७३ को सर्वोत्कृष्ट फिल्म मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘कालो पोथी’ घोषित भएको छ । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘सेतो सूर्य’ बाट निर्देशक दीपक रौनियारले उचालेका छन् । त्यस्तै फिल्म ‘डाइङ क्याण्डल’ बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार सिर्जना सुब्बाले प्राप्त गरिन् भने अभिनेतातर्फ फिल्म ‘जात्रा’ बाट विपिन कार्कीले अवार्ड पाए ।

फिल्म ‘छक्का पञ्जा’ वर्ष २०७३ को पपुलर फिल्म घोषित भयो । ‘जात्रा’ बाट मित्र डि. गुरुङले सम्पादन विधामा अवार्ड पाउन सफल भए । छायाङ्कनतर्फ ‘लभ शाशा’ बाट शिवराम श्रेष्ठ र लेखनमा ‘कालो पोथी’ बाट अभिनाशविक्रम शाहले अवार्ड पाए । आदिवासी फिल्मतर्फ भने ‘क्यू प्ह्रो छे’ ले अवार्ड जित्यो । अवार्ड विजेतालाई राष्ट्रपति भण्डारीले २५ हजार नगदसहित ट्रफी प्रदान गरेकी थिइन् ।

त्यस्तै ‘दीर्घ साधना सम्मान २०७३’ ३ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीलाई प्रदान गरिएको छ ।

वर्ष ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘ब्लाइण्ड रक्स’ र फिल्म ‘गोपी’ उत्कृष्ट घोषित भए । त्यस्तै ०७४ को उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘ब्लाइण्ड रक्स’ बाटै मिलन चाम्सले पाउँदा सोही फिल्मबाट अभिनेत्रीतर्फ बेनिशा हमालले अवार्ड पाइन् । अभिनेताको अवार्ड भने फिल्म ‘मङ्गलम्’ बाट पुष्प खड्काले हातपारे ।

०७४ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘मङ्गलम्’ बाट सम्पादक मित्र डि. गुरुङले अवार्ड पाए । ‘कृ’ बाट छायाँकार पुरुषोत्तम प्रधान र ‘धनपति’ बाट लेखक तथा पटकथाकार खगेन्द्र लामिछानेले अवार्ड प्राप्त गरे ।

उल्लेखनीय अभिनय (महिला) तर्फ ‘मङ्गलम्’ बाट मिथिला शर्मा र पुरुषतर्फ ‘शत्रुगते’ बाट रमेश रञ्जन झाले अवार्ड पाए । आदिवासी फिल्मतर्फ भने ‘टिन्छेन फामा’ ले अवार्ड जित्यो । कार्यक्रममा राष्ट्रपति भण्डारीले वरिष्ठ निर्देशक किशोर रानालाई २०७४ को ‘दीर्घ साधना सम्मान’ प्रदान गरिन् ।

त्यस्तै ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘प्रसाद’ बाट विपिन कार्की र फिल्म ‘बुलबुल’ बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता÷अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘बुलबुल’ बाटै विनोद पौडेलले हातपारे । पटकथा र लेखनमा फिल्म ‘गोपी’ बाट सामिप्यराज तिमल्सेना र दीपेन्द्र लामाले अवार्ड पाए । भने उत्कृष्ट छायाँकारको अवार्ड फिल्म ‘समर लभ’ बाट सञ्जय लामाले पाए ।

सम्पादन विधामा फिल्म ‘साइँली’ बाट निमेष श्रेष्ठले अवार्ड पाए भने लगातार उत्कृष्ट फिल्मको सिरिज निर्माण गरेको भन्दै ‘छक्का पञ्जा’ लाई पुरस्कृत गरिएको छ । आदिवासी फिल्मतर्फ भने ‘रिजे नासाँ’ ले अवार्ड प्राप्त ग¥यो । त्यस्तै फिल्म ‘भोर’ मा उत्कृष्ट अभिनय गरेको भन्दै पूजा कर्ण पुरस्कृत भइन् ।

३ लाख ५१ हजार १ सय ११ नगदसहित ‘दीर्घ साधना सम्मान’ बाट वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई सम्मानित गरिएको छ । तर कतिपय कलाकारले भने अवार्ड निष्पक्ष नभएको भन्दै गुनासो गरेपछि यो अवार्ड पनि विवादमा परेको छ ।

8

 

 

 

 

 

 

 

 

 

 

 

 

 

9 adw swstima deepa