भण्टावारी / सप्तकोशीको जलस्तर घट्दैं गएको छ । पछिल्लो मापन अनुसार पानीको वहाव २ लाख १९ हजार ९२० क्यूसेक पुगेको छ । कोशी व्यारेज कन्ट्रोल रुमले २५ वटा ढोका बन्द गरेको छ ।
हिजो राती १० बजे ३ लाख ३१ हजार क्यूसेक भन्दा उच्च भए पछि भारतले ५६ वटै ढोका खोलेको थियो । आइतबार विहान पानीको बहाव क्रमश घट्दै गए पछि विहान क्रमशः ढोका बन्द गदैं गएको छ । विहान ६ बजे पानीको मापन २ लाख ६४ हजार क्यूसेक थियो । दिउँसो ४ बजे २ लाख १९ हजार क्यूसेकमा झरेको हो ।