श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ३० गते सोमबार, १५ जुलाई २०१९ । आषाढ शुक्लपक्षको चतुर्दशी तिथि २३ः०३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मूल १९ः३३ बजेसम्म, उप्रान्त पूर्वाषाढा । चन्द्रमा राशि धनु, सूर्योदय ५ः१९ र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । अनावश्यक तनाव बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बन्धु–बान्धव तथा साथीभाइबाट विशेष सहयोग मिल्ला । प्राविधिक काममा मन जानेछ । नयाँ स्थानको भ्रमण होेला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सयम सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या र बुद्धिको विकास हुनेछ । ठूला व्यक्तिको सङ्गत गर्ने अवसर मिल्ला । माया –प्रेमको सम्बन्ध विस्तार होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन, चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ  । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ  । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।