धरान / धरानको पर्यटन प्रवद्र्धन गर्नको आयोजना गरिएको गीत रचना प्रतियोगीताका विजेताहरुलाई लागि धरान उपमहानगरपालिकाले पुरस्कार प्रदान गरेको छ ।
उपमहानगरपालिकाले आइतबार आयोजना गरेको पूर्णखोप सुनिश्चित नगर घोषणा कार्यक्रममा विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको हो । उपमहानगरपालिकाले डेढ महिनाअघि आवहान गरेको गीत लेखन प्रतियोगीतामा सहभागी मध्ये गायत्री लम्सालले प्रथम, टीका आत्रेयले दोस्रो, निनाङ्कु फुयालले तेस्रो पुरस्कार जीत भने कवि हेनसेन याक्खा, पत्रकार गोपाल दाहाल र धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाङ्फेले सान्त्वना पुरस्कार पाएका थिए ।
उपमहानगरपालिकाले क्रमशः १० हजार, ८ हजार, नगद ६ हजार र सान्त्वनालाई नगद ४ हजार नगद प्रदान गरेको छ । विजेताहरुलाई उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भन्डारीले पुरस्कार वितरण गरिन् ।
धरानको भूगोल, इतिहास, भाषा, संस्कृति, कला, साहित्य, जाति, व्यक्तित्व आदिलाई समेटिएको गीत लेख्न नगरपालिकाले आवहान गरेको थियो ।