श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ३१ गते मङ्गलबार, १६ जुलाई २०१९ । आषाढ शुक्लपक्षको पूर्णिमा तिथि २३ः०३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वाषाढा २०ः०० बजेसम्म, उप्रान्त उत्तरषाढा । चन्द्रमा राशि धनु, सूर्योदय ५ः१९ र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । राज्य पक्षबाट मान सम्मान मिल्नेछ प्रेम र मित्रताको वन्धन कसिने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या र वुद्धिके विकास हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिका साथीसित भेट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्या–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भपइएला । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । लाभदायी यात्रामा शरिक भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालकोछ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकट आइपर्नक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला । मिष्ठान्न भोजन प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । साथीभाइको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ । दिन उत्तम छ ।